कार्यालयको परिचय
२०५० साल असार मा ईलाका प्रशासन कार्यालय हरिवन सर्लाहीले हाल यस जिल्लाको उतरी क्षेत्रमा पर्ने हरिवन नगरपालिका (साविकका गा.वि.स.हरिवन,घुकौली,सासापुर,अत्रौली), लालबन्दी नगरपालिका (साविकका गा.वि.स.लालबन्दी,जब्दी) ईश्वरपुर नगरपालिका(साविकका गा.वि.स.ईश्वरपुर,भक्तिपुर,बेल्बाजब्दी,कर्मैया, ढुंग्रेखोला,नेत्रगंज, रानीगंज, परवानीपुर, पत्थरकोट, कालिन्जोर, नारायणखोला) को विभिन्न प्रशासनिक कार्यलगायत नागरिकता तथा राहदानी वितरण कार्य गर्दछ । हाल यसको कार्यालय हरिवन सर्लाहीमा रहेको छ ।
ईलाका प्रशासन कार्यालयको उद्देश्य
ईलाकाको क्षेत्र अधिकार भित्र पर्ने स्थानहरुको शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने साथै जनताको जिउ धनको संरक्षण गर्नु र आम जनतालाई नागरिकता तथा राहदानी वितरण गर्नु यस कार्यालयको मुख्य उद्देश्य रहेको छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही
Powered By: ProActive Developers