Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सर्लाही

ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सर्लाही

ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही

सोमबार, श्रावण ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला परिचय

सर्लाही जिल्लाको संक्षिप्त परिचय

१.१ भूगोलः

नेपाल राष्ट्रकोप्रदेश नं २ का ८ जिल्लाहरु मध्ये मध्य भागमा रहेको सर्लाही जिल्ला पूर्वमा महोत्तरी, उत्तरमा सिन्धुली, पश्चिममा  रौतहट जिल्ला तथा दक्षिणमा भारतको विहार प्रान्तको सितामढीसँग जोडिएको छ । कुल क्षेत्रफल १२५९ वर्ग कि.मि. रहेको छ। जिल्लाको औसत लम्बाई (उत्तर-दक्षिण) ३२ कि.मि. र औसत चौडाई (पूर्व-पश्चिम) ४० कि.मि. रहेको छ। भारतसंग जोडिएको सीमाको लम्बाई ४६ कि.मि. रहेको छ।  विभिन्न प्रकार र अवस्थाका ३१५ वटा सीमा स्तम्भहरु रहेका छन्।

यस जिल्लाको पश्चिममा वाग्मती नदी, उत्तरी भागमा महाभारत पर्वतको श्रृंखला, चुरे पहाड, वनजंगल तथा दक्षिणी भागमा तराईको समथर भूमि रहेको छ। पूर्व पश्विम राजमार्गको पूर्वमा बाँके नदीदेखि पश्चिममा वाग्मती नदी सम्मको ३७ किलोमिटर दुरी यसै जिल्लामा पर्दछ। जिल्लाको सबै भन्दा होचो भू-भाग समुन्द्री सतहबाट ६० मिटर उचाईमा रहेको छ भने सबै भन्दा अग्लो भू-भाग समुन्द्री सतहबाट ६५९ मिटरको उचाईमा अवस्थित छ। जिल्लामा कृषियोग्य जमिन ८४६.७८ (६७.२६%) रहेको छ। ३०५.८४ वर्ग कि.मि. क्षेत्रफल (२४.२९%) वनजंगलले ढाकेको छ। शहरी क्षेत्र १६ वर्ग कि.मि. (१.२८%) रहेको छ। जिल्लामा वाग्मती, लखनदेही, झिम खोला, बाँके खोला जस्ता नदी/खोलाहरु रहेका छन्।

जिल्लाका मुख्य नदीहरु बागमती, लखनदेही, झिम खोला र बांके खोला हुन्। जिल्लामा मुर्तिया, राजदेवी मन्दिर, चमेली माई, राजघाट र मंगलबाबा जस्ता धार्मिक र ऐतिहासिक स्थलहरु रहेका छन्।

  • सिमाना: पूर्व-महोत्तरी, पश्चिम-रौतहट, उत्तर-सिन्धुली तथा दक्षिण-भारतको बिहार राज्यको सितामढी जिल्ला
  • क्षेत्रफल: १,२५९ वर्ग किलेामिटर
  • औसत लम्बाई: ३२ किलेामिटर(उत्तर-दक्षिण)
  • औसत चौडाई: ४० किलेामिटर(पूर्व-पश्चिम)
  • देशान्तर: ८५.२०" पूर्व देखि ८५.५०" पूर्व देशान्तर
  • अक्षांस: २६.४५" उत्तर देखि २७.१०" उत्तर अक्षास
  • सबभन्दा होचोस्थान: समुन्द्रि सतहबाट ६० मिटर
  • सबभन्दा अग्लोस्थान:समुन्द्री सतहबाट ६५९ मिटर

१.२ जनसंख्याः

२०६८ सालको जनगणना अनुसार पुरुष ३,७९,९७३ महिला ३,८९,७५६ गरी कुल जनसंख्या ७,६९,७२९ जना रहेको छ । जिल्लाको जनघनत्व ६११.३८ प्रति वर्ग कि.मि. रहेको छ। जिल्लामा यादव (१५.५१%), कोइरी (७.९३%), मुसलमान (७.८९%), तेली (५.३७%), तामाङ (५.१७%), क्षेत्री (३.७२%), दुसाद/पासवान/पासी (३.६७%), चमार/हरिजन/राम (३.६२%) पहाडी मूलका ब्रम्हाण (३.५८%), थारु (२.८३%), मलाह (२.६८%), कलवार (२.६०%), कथवनीया (२.२२%), कुर्मि (२.२१%), मगर (१.९९%), तराई मूलका ब्रम्हाण (१.८८%), मुसहर (१.८४%), लोहार (१.७२%), धानुक (१.६३%), आदि जस्ता बिभिन्न जातिका मानिसहरुको बसोबास रहेको छ।

१.३ अर्थतन्त्रः

जिल्लाका ९५% मानिसहरु कृषिमा निर्भर छन् । धान, मकै, गहुँ, तोरी, मसुरो, बेसार र उखु आदि जिल्लाका मुख्य बाली हुन्। उखु उत्पादनको दृष्टिकोणले यो जिल्ला नेपालमै अग्रणी स्थानमा रहेको छ। यहाँ ईन्दुशंकर चिनी मिल्स, अन्नपूर्ण चिनी मिल्स र महालक्ष्मी चिनी मिल्स जस्ता ठूला चिनी उद्योगहरु रहेका छन्। जिल्लामा १६ वटा प्लाईउड कारखानाहरु चालु अवस्थामा छन्। जिल्लाको लालबन्दी इलाका गोलभेंडा उत्पादनको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ। यहाँको अधिकांश जमिन उब्जाउ माटोबाट बनेको छ। जिल्लामा मलंगवा, बरहथवा, लालवन्दी, हरिवन, इश्वरपुर जस्ता व्यापारिक केन्द्रहरु रहेका छन्। ती केन्द्रहरुमा व्यापार मुख्य पेशाको रुपमा रहेको छ। वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि धेरै छ। यहाँका धेरै जसो युवाहरु मलेशिया, कतार, कुवेत, साउदी अरेविया, संयुक्त अरव इमिरेट्स जस्ता देशहरुमा रोजगारीको लागि जाने गरेका छन्। जिल्लामा हाल ६९ वटा वित्तीय संस्थाहरु क्रियाशील छन्।

१.४ राजनीतिः

यस जिल्लामा ११ नगरपालिका र ९ गाउपालिका रहेका छन् । जम्मा वडा संख्या २०० वटा छन्। जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ र प्रदेश सभा निर्वाचन क्षेत्र ८ वटा रहेका छन्। यस जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.), नेपाली काङग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजबादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मुस्कान सेना नेपाल, जनता दल आदि राजनीतिक दलहरु सक्रिय रहेका छन्। प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र मध्ये राष्ट्रिय जनता पार्टी नेपाल २, नेपाल कम्युनिष्ट पार्टी २ र नेपाली कांग्रेसले १ स्थानमा तथा प्रदेश सभाका ८ स्थान मध्ये नेपाल कम्युनिष्ट पार्टी ३, राष्ट्रिय जनता पार्टी नेपाल २, नेपाली कांग्रेस २ र संघीय समाजवादी फोरम नेपालले १ स्थानमा विजय हासिल गरेको अवस्था छ। त्यस्तै २० वटा पालिकाहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी ७, राष्ट्रिय जनता पार्टी नेपाल ६, नेपाली कांग्रेस ४ र संघीय समाजवादी फोरम नेपालले ३ पालिकाहरुको मेयर/अध्यक्ष पदमा विजय हासिल गरेको छ।

१.५ विविधः

जिल्लामा सरकारी र निजी गरी जम्मा ६ वटा क्याम्पस, ३९ वटा माध्यामिक विद्यालय, ७६ वटा निम्न माध्यामिक विद्यालय र ३७८ वटा प्राथमिक विद्यालय गरी जम्मा ५७५ वटा शैक्षिक संस्थाहरु रहेका छन्। मदरसाको संख्या ४४ छ। यहाँ १५२ वटा मठ मन्दिर, २ वटा गुम्बा, ३२ वट मस्जिद, ३५ वटा चर्चहरु रहेका छन्।

 

 

 


पछिल्लो अपडेट गरिएको : 2083-04-04 12:21:35

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही