राहदानी फाँट
2075-12-25
2075-12-25
फाँट प्रमुख .श्री रसियन सिंह थारू
राहदानीका लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु
- रितपूर्वक भरिएको दरखास्त फाराम २ प्रति
- नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रति प्रतिलिपि
- ६ महिनाभित्र खिचेको तल उल्लिखित विवरणअनुसारको रङ्गिन फोटो २ प्रति
- विवाहित नेपाली महिला नागरिकले आफ्नो नागरिकता प्रमाण पत्रमाउल्लिखित थरमा आफ्नो पतितर्फको थर थप गरी राहदानी लिनुपरेमा विवाह दर्ताप्रमाणपत्रको सक्कल र प्रतिलिपि ।
- यस अघि राहदानी लिएको भए सो को सक्कल र फोटोपेजको प्रतिलिपि।
- नागरिकता प्रमाण पत्रमा आवेदकको पुरा जन्म मिति (साल, महिना रगते) नखुलेको हकमा सो खुल्ने एस।एल।सी। वा सो भन्दा माथिको शैक्षिकप्रमाणपत्रमा खुलाइएको जन्म मितिलाई आधार मानिने भएकोले प्रमाणपत्रको सक्कलर प्रतिलिपि।
- नागरिकता प्रमाणपत्र तथा शैक्षिक प्रमाणपत्रबाट जन्ममिति एकिननभएमा नागरिकता प्रमाण पत्र जारी भएको मितिले हुन आउने साल, महिना र गतेकायम गरिने
- राहदानी दस्तूर तिरेको रसिद।
- नाबालिगको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारीगरिएको नाबालिग परिचय पत्र र निजको बाबु वा आमामध्ये कुनै एक जनाकोनागरिकताको प्रमाणपत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षकभएको ब्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताकोप्रमाणपत्र तथा त्यसको प्रतिलिपि ।
- नावालकको राहदानी बानाउँदा वावु, आमा वा संरक्षक नियुक्तिभएकोमा संरक्षक स्वयम साथ लागि राहदानिका लागि आवेदन गर्दा र राहदानीबुझिलिदा उपस्थित हुनुपर्नेछ ।
