नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हरिऔन सर्लाही


बजार अनुगम तिव्र, एक औषधी पसल बन्द

हरिवन

      जिल्ला आपुर्ति तथा बजार अनुगमन समिति सर्लाहीले हरिवन तथा लालबन्दी बजारको अनुगमन गरेको छ जिल्ला घरेलु तथा साना उधोग कार्यालयको कार्यालय प्रमुख मधुकर कुमार साह, ईलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख छविलाल विश्वकर्मा,कम्प्युटर अपरेटर दिलिप कुमार थापा साथै ईलाका प्रहरी कार्यालय हरिवन तथा लालबन्दीको प्रमुख,उपभोक्ता हकहित संजाल सर्लाहीका अध्यक्ष,उधोग बाणिज्य संध हरिवन,लालबन्दीका अध्यक्ष,पत्रकार,नागरिक समाजको उपस्थितिमा विभिन्न होटल,किराना पसल,औषधी पसलको अनुगमन भएकोमा विभिन्न पसलबाट लाखौ रकम बराबरको बिस्कुट,खाने तेल,गहुँ पिठो,बेसार,मसला,औषधी म्याद गुज्रेको तथा कुईएको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय लालबन्दीमा विभिन्न क्षेत्रका प्रतिनिधी तथा स्थानिय वासीको उपस्थितमा नष्ट गरियो साथै अवैध तवरबाट संचालन गरेको , म्याद गुज्रेको औषधी फेला परेकोले हरिवन स्थित चंदन मेडिकल हाँल बन्द गरिएको अनुमन टोलिका संयोजक मधुकर कुमार साहले जानकारी दिनु भयो । 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय