नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हरिऔन सर्लाही


  

  • फोटो सहितको नामावली संकलन कार्य शुरु --

    जिल्ला निर्वाचन कार्यालय सर्लाहीले मिति २०७२ जेष्ठ १७ गते देखी असार मसान्त सम्मको लागी यस ईलाका प्रशासन कार्यालयमा नामावली संकलन गर्ने कार्य गरि रहेको छ । विगतमा नामावलीमा नाम दर्ता गर्न छुटेका व्यक्तिले नागरिकताको प्रमाण-पत्र, २०६४ सालको संविधान सभा चुनावमा नाम दर्ता भएको परिचय-पत्र र गा.वि.स.सिफारिस सहित कार्यालयमा स्यंम उपस्थित भई फोटो तथा नाम दर्ता सकिने निर्वाचन कार्यालयमा दर्ता अधिकारी सुधिर थापाले जानकारी दिनुभयाे ।

  • भवन सिलान्यास --

    यहि मिति २०७२ साल जेष्ठ २९ गतेका दिन ईलाका प्रशासन कार्यालय हरिवनकाे निर्माणाधिन भवनकाे सिलन्यास श्रीमान् गृह सचिव श्री सुर्य प्रसाद सिलवाल द्धारा भएकाे छ उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माेहन प्रसाद चापागाई,  कार्यालय प्रमुख तथा अायाेजक मदन प्रसाद पराजुली तथा गृह मन्त्रालयका सहसचिव ज्यु लगायत यस क्षेत्रका विभिन्न राजनैतिक दलका नेता,बुद्धिजिवी,भद्रभलादमीकाे उपस्थिती रहेकाे थियो । उक्त कार्यक्रममा जग्गादाताहरु मोहनलाल श्रेष्ठ,नवराज घिमिरे,प्रयागराज पोतेका सम्मान समेत गरिएकाे थियो

  • सिलबन्दी बाेलपत्र अाव्हान सम्बन्धी सुचना --

    सगै रहेको सुचनाबाट हेर्नुहुन

  • राहदानी सम्बन्धी जानकारी अब SMS बाटै --

    यस कार्यालयबाट वितरण हुने राहदानी सम्बन्धी जानकारी अब कार्यालयबाटै हुने भएको व्यहोरा जानकारी गराइन्छ । राहदानी आएको,राहदानी फारममा कुनै किसिमको त्रृटि देखिएमा कार्यालयले अाफै सन्देश मार्फत जानकारी गराउने व्यहोरा आम सेवा ग्राहीहरुको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।

  • CIMS कम्प्युटराईज नागरिकता वितरण कार्य शुरु --

    हरिवन           सर्लाही जिल्लाका उतर क्षेत्रमा पर्ने २० गा‌‌.वि.स.का  नागरिकलाई वितरण गरिने नागरिकता कम्प्युटरराईज प्रणाली मार्फत वितरण कार्य प्रारम्भ गरेको छ । कम्प्युटराईज नागरिकता वितरण गर्दा त्रुटि कम हुने स्पष्ट हुने र काम छिटो हुनुका साथै खोजेको वखत नागरिकताको रेकर्ड सजिलै भेट्न सकिने दोहोरो तथा गलत विवरण दिई झुक्कयाई नागरिकता लिन नसक्ने भएको कुरा ईलाका प्रशासन कार्यालयका कार्यालय प्रमुखले जानकारी दिनुभएको छ ।

  • बजार अनुगम तिव्र, एक औषधी पसल बन्द --

    हरिवन       जिल्ला आपुर्ति तथा बजार अनुगमन समिति सर्लाहीले हरिवन तथा लालबन्दी बजारको अनुगमन गरेको छ जिल्ला घरेलु तथा साना उधोग कार्यालयको कार्यालय प्रमुख मधुकर कुमार साह, ईलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख छविलाल विश्वकर्मा,कम्प्युटर अपरेटर दिलिप कुमार थापा साथै ईलाका प्रहरी कार्यालय हरिवन तथा लालबन्दीको प्रमुख,उपभोक्ता हकहित संजाल सर्लाहीका अध्यक्ष,उधोग बाणिज्य संध हरिवन,लालबन्दीका अध्यक्ष,पत्रकार,नागरिक समाजको उपस्थितिमा विभिन्न होटल,किराना पसल,औषधी पसलको अनुगमन भएकोमा विभिन्न पसलबाट लाखौ रकम बराबरको बिस्कुट,खाने तेल,गहुँ पिठो,बेसार,मसला,औषधी म्याद गुज्रेको तथा कुईएको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय लालबन्दीमा विभिन्न क्षेत्रका प्रतिनिधी तथा स्थानिय वासीको उपस्थितमा नष्ट गरियो साथै अवैध तवरबाट संचालन गरेको , म्याद गुज्रेको औषधी फेला…

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय